बाँसगढीलाई हराउँदै धनगढी राष्ट्रिय महिला लिग छनोटको सेमिफाइनलमा

अत्तरिया, २४ कार्तिक– उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगितामा बाँसगढी नगरपालिकालाई हराउदै धनगढी उप-महानगरपालिका नकाउट चरणमा पहिलो जित दर्ता गरेको छ ।

मंगलबार धनगढी उप-महानगरपालिका र बाँसगढी नगरपालिका बर्दिया बिच भएको खेलमा धनगढीले १२-१ गोलको अन्तरले हराउँदै प्रतियोगिताको रोमाञ्चक जितका साथ आफ्नो दोस्रो नकाउट चरण संगै सेमिफाइनलको यात्रा पक्का गरेको हो ।

Navadurga sun

धनगगढीलाई जिताउन चन्द्रा भण्डारी ५, रेखा पौडेल ४, सुरक्षा कुमारी सिंह, बिर्सना चौधरी र सरस्वती रोकायाले समान एक-एक गोल गरेको कैलाली जिल्ला फुटबल संघका कोषाध्यक्ष डबल बहादुर थापाले जानकारी दिएका छन ।

उक्त खेलमा उत्कृष्ट प्रदर्शन गर्दै प्लयर अफ दी म्याच धनगढीकी चन्द्रा भण्डारी घोषित भईन् । उनले गोल्डेन बुट हात परेकी छन् । सेमिफाइनलको खेल धनगढी उप-महानगरपालिकाले कार्तिक २६ गते एन्फा कम्प्लेक्सको खेलमैदानमा गौरीगंगा नगरपालिका र रुम गाउँपालिका बिचको खेलपछि बिजेता टिम संग खेल्ने छ ।

धनगढी उपमहानगरपालिका महिला फुटबल टिममा रेखा पौडेल, रेबिका पाण्डे, उषा नाथ, मेनिका पुलामिमगर, कमलाकुमारी बिष्ट, गोमा रोकाया, बिर्सना चैधरी, बिष्नाकुमारी कुँवर, तुलसी सिह, सुरक्षाकुमारी सिह, सरस्वती रोकाया, चन्द्रा भण्डारी, दिपा रोकाया, योशोदाकुमारी चिराल, निशा रोकाया, नेहा खड्का, लाजोमा राना, अमिता भुल र सिमा रावल खेलाडी सहभागि रहेका छन् भने महिला फुटबल टिमको प्रशिक्षकमा राघबेन्द्र कार्की र व्यवस्थापकमा सुरज तामाङ्ग रहेका छन् ।

उक्त प्रतियोगितामा देशभरका ३१ ओटा नगरपालीका राष्ट्रीय उपमेर महीला फूटबल प्रतीयोगीतामा सुदूरपश्चिमबाट ५ नगरपालिकाले मात्रै सहभागिता जनाएका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...