मुख्यमन्त्री भट्टद्वारा छठ पर्वको शुभकामना व्यक्त

धनगढी, २४ कार्तिक– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रीलोचन भट्टले धार्मिक र सांस्कृतिक महत्वका साथ उदाउँदो र अस्ताउँदो सूर्यलाई अध्र्य दिई मनाइने छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति, सु-स्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् ।
छठ पर्वका अवसरमा उनले शुभकामना सन्देश दिँदै छठ पर्वले सामाजिक एवं संस्कृतिक एकता तथा पारिवारिक सदभाव सुमधुर बनाउनमा सघाउ पुर्याउन प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना समेत व्यक्त गरेका छन् ।