लम्की-चुहाका बडुवाल हत्याको आरोपमा ५ जना पक्राउ
धनगढी, २४ कार्तिक– कैलालीमा चक्कु प्रहार गरी युवकको हत्या गरेको आरोपमा ५ जना पक्राउ परेका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं.१ का २२ वर्षीय भुपेन्द्र बडुवालको हत्या गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।

चक्कु प्रहार गर्ने आर्यन देवकोटा सहित ५ जनालाई पक्राउ गरिएको डिएसपी बिष्टले बताए । दुई समूहबीच झडप हुँदा घटना घटेको हो । टीकापुरस्थित कृषि हाट बजार नजिकै बडुवाललाई तीन/चार जनाको समूहले चक्कु प्रहार गरेको बताईएको छ ।
भुपेन्द्र बडुवालको मंगलबार राति करिब ९ बजे चक्कु प्रहारबाट मृत्यु भएको थियो । घटनाबारे सुदूरपश्चिम प्रदेश प्रहरी, जिल्ला र इलाका प्रहरी कार्यालय टीकापुरको संयुक्त टोलीले अनुसन्धान गरिरहेको छ ।