व्यापारीको रड प्रहार गरी हत्या गरेको आरोपमा एक जना पक्राउ

धनगढी, २२ कार्तिक– कैलालीमा व्यापारीको हत्यामा संलग्न रहेको आरोपमा एक जना युवक पक्राउ परेको छ । घोडाघोडी नगरपालिका वडा नं. ४ जनकपुर बस्ने ५५ वर्षीय पदम आचार्यको हत्या गरेको आरोपमा युवक पक्राउ परेका हुन् ।

मोहन्याल गाउँपालिका वडा नं.४ सिम्लीखोला नजिकै पसल सञ्चालन गर्दै आएका उनको आइतबार दिउँसो हत्या गरेको आरोपमा दैलेखको गुराँस गाँउपालिका वडा नं. ३ खिमडीका १८ वर्षीय जीवन शाही ठकुरी पक्राउ परेका हुन् ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

सामान्य विवादका कारण महरा निर्माण सेवाबाट सञ्चालित टिपरमा खलासी काम गर्दै आएका ठकुरीले रड प्रहार गरी आचार्यको हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

तत्काल घटनास्थल तथा लासको प्रकृतिबाट घटना शंकास्पद देखिएपछि थप अनुसन्धानका लागि सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय कैलालीबाट बिशेष अनुसन्धान टोली परिचालन गरिएको थियो भने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारी समेत घटनास्थलमा पुगेका थिए ।

मृतकले जिवन शाही ठकुरीलाई हेपेर होच्ययाएर बोल्ने, यही २० गते राती उनले मासु आफै पकाई मृतकको पसलमा लगि खाना खान गएको समयमा मृतकसंग एक क्वाटर रहर नामक रक्सी मागी पिउन पिएको, सोही क्रममा मृतकले पुनः हेपेर होच्याएर बोल्न शुरु गरेको, सामान्य विवाद कै क्रममा मृतकले एक्कासी निजलाई दुई लठ्ठी हिर्काएपछि दुवै बीच हात हालाहाल भएको र तछाँड मछाँड गर्दै मृतकको लास रहेको स्थानमा पुगेपछि ठकुरीले रडले मृतकलाई प्रहार गर्ने बित्तिकै मृतक भुईँमा ढलेको, तत्पश्चात निज ठकुरी आफ्नो सुत्ने ठाऊँको बाहिर बसी बाँकी रक्सी खाई सुतेको र बिहानै करीब ५ बजेतिर उठी सो ठाउँबाट भागी गएको अनुसन्धानबाट खुल्न आएको प्रहरी नायव उपरीक्षक विष्टले जानकारी दिए । ठकुरीलाई पक्राउ गरी ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Loading...