तिहार शुरु भएसँगै अत्तरिया बजारमा कृतिम फुलका मालाहरुले ढकमकाउ
प्रकाश बहादुर बाेहरा
अत्तरिया, १७ कार्तिक- तिहार शुरु भएसँगै अत्तरिया बजारहरुमा चहल पहडका साथै कृतिम फुलका मालाहरुले ढकमकाउ भएकाे छ । अत्तरियास्थित महेन्द्रनगर रोड दायाँबाँयाँ तिर तिहारमा आवश्यक पर्ने सरसामानहरु देखि लिएर होटल व्यवसायीले मिठाईका परिकार बनाएर टेण्ट नै राखेर व्यापार व्यवसाय गरिरहेका छन् । तिहारमा विशेष गरी मिठाई, फलफुल, झिलीमिली, माटोको दियो, अरबत्ती, क्यान्डील लगायत सामग्रीको विक्री हुने गरेको छ ।

त्यस्तै हरेक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात तिहार मंगलबार देखि सुरु भएको छ । यस वर्ष यमदीपदान मंगलबार देखि सुरु भएको भएपनि तिथिको घटबढका कारण आज (बुधबार) एकै दिन काग र कुकुर तिहार हँुदै छ । यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता समेत रहेको छ ।
त्यस्तै ग्रामीण क्षेत्रबाट मंगलवार अत्तरिया बजारमा पुजा सामग्रीहरु किनमेलका लागि निकै भीड देखिन्थ्यो । किनमेल गर्नेहरुमा सुरक्षाका मापदण्ड समेत नहुँदा तिहार पछी कोरोना अभैm बढ्ने त हैन यस कुरामा सबैले सचेत हुन आवश्यक रहेको छ । त्यसैगरी तिहार आँगनमै भित्रिसक्दा सुदूरपश्चिमका साना-ठूला बजारमा चलहपहल बढ्दै गएको छ । अत्तरिया, धनगढी लगायत कैलाली जिल्लाको विभिन्न ठाउँका बजारहरुमा मंगलबार बिहानैदेखि चहलपहल बढेको देखिएको थियो । बजारमा व्यापारीहरुले पसल अगाडि तिहारका लागि चाहिने सामग्रीहरु बेचबिखनका लागि राखेका छन् । जसले गर्दा बजारको शोभायमान पनि बढेको देखिएको उपभोक्ताहरुको प्रतिक्रिया छ ।
तिहारमा पहिले पहिले सयपत्री, मखमली, गोदावरीलगायतका फूलहरु देखिदै आएकोमा आजभोली कृतिम मालाहरु बढी मात्रामा प्रयोग भइ रहेको पाइन्छ । अत्तरिया पनि पहिलो दिन मंगलबार बजारमा कृतिम मालाहरु बढी मात्रामा देख्न सकिन्छ । शृङ्गार पसल तथा किराना पसलेले भाइटीकाका लागि चाहिने माला, टीकाका सामग्रीहरु राखेका छन् भने मिठाई पसलेले पसल अगाडि टेन्ट टाँगेरै मिठाईका परिकार बेच्नका लागि राखेको दृश्यले बजारमा चहलपहल अझ बढी बढेको देखिएको छ ।