खुल्ला तथा भेट्रान ब्याटमिन्टन प्रतियोगिता अन्तर्गत आज क्वाटरफाइनलका खेलहरु
अत्तरिया, १६ कार्तिक- कैलालीको अत्तरियामा जारी खुल्ला तथा भेट्रान ब्याटमिन्टन प्रतियोगिता अन्तर्गत आज क्वाटरफाइनलका खेलहरु भएका छन । कुल ४२ टिमको सहभागीता रहेको उक्त प्रतीयोगिता नकआउट फर्मेटमा खेल खेलाइँदै छ ।

क्वाटरफाइनलमा भेट्रान तर्फ ८ वटा र खुल्ला तर्फ पनि ८ वटा खेलहरु भएको आयोजक रोयल युबा क्लबका सल्लाहाकार देबराज भट्टले जानकारी दिए । प्रतियोगिता अन्तर्गत भोली (बुधबार) सेमीफाइनल खेलहरु हुने छन । प्रतियोगितामा खुल्ला तर्फ प्रथम हुने टिमलाई नगद रु ५१ हजार प्रदान गरिने छ । यस्तै दोस्रो हुने टिमले नगद रु २५ हजार प्राप्त गर्नेछ ।
प्रतियोगितामा तेस्रो हुने टिमले नगद रु ११ हजार पाउने छ । त्यस्तै भेट्रान तर्फ प्रथम हुनेले नगद रु २१ हजार , दोस्रो हुनेले नगद रु ११ हजार र तेस्रो हुनेले नगद रु ५१ सय पाउने छन् । यो प्रतियोगिता अहिलेसम्म कै सुदुरपश्चिमको ठूलो धनराशिको प्रतियोगिता रहेको आयोजकको दाबी छ । खेलहरु गोदावरी २ मा रहेको नमस्ते फुडल्याण्डको खेल मैदानमा भईरहेका छन । प्रतियोगिता १८ गते समापन हुने छ ।