कैलालीमा जिपले ठक्कर दिदाँ एक जनाको मृत्यु , २ जना घाईते

Dadeldhura hospital

कैलाली, १६ कार्तिक- कैलालीमा जिपले ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन्। मंगलबार लम्कीबाट टीकापुर तर्फ जादै गरेको बा १६ प ५३४९ नम्बरको जिपले जिल्लाको जानकी गाउँपालिका १० लम्की टीकापुर सडकखण्डमा विपरित दिशाबाट आइरहेको साइकललाई ठक्कर दिदाँ साइकलमा सबार एक जनाको मृत्यु भएको हो भने २ जना घाईते भएका हुन्।

मृत्यु हुनेमा जानकी गाउँपालिका ५ की ३० वर्षीया अनिता डगौरा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । जिपको ठक्करवाट गम्भिर घाईते भएकी डगौराको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको हो । यस्तै घाईते हुनेहरुमा मृतक अनिताका श्रीमान ३५ वर्षीय जोगराम डगौरा र उनका डेढ वर्षीय नाति सुशान डगौरा रहेका छन् । उनीहरुको टीकापुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने जिप र जिप चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

Loading...