कैलालीको अत्तरियामा खुल्ला तथा भेट्रान ब्याटमिन्टन प्रतियोगिता शुरु





अत्तरिया, १५ कार्तिक- कैलालीको अत्तरियामा खुल्ला तथा भेट्रान ब्याटमिन्टन प्रतियोगिता शुरु भएको छ । गोदावरी नगरपालिका वडा नं. ३ मा रहेको रोयल युवा क्लवद्धारा आयोजित प्रतियोगीता आज (सोमबार) बाट सुरु भएको हो । सोमबार एक औपचारीक कार्यक्रमका बिच प्रतियोगिताको उदघाट्न गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिं साउँदले गरेका थिए ।



क्लबका अध्यक्ष विरेन्द्र अवस्थीको सभापत्विमा आयोजित उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिँ साउँद रहेका थिए । उदघाटनका क्रममा बोल्दै नगरप्रमुख साउँदले अत्तरियामा खेलकुदका कार्यक्रम बढदै गएकोमा खुशी ब्यक्त गरे ।


उनले युबाहरुलाई खेलकुदको माध्यमबाट सही मार्गमा डोर्याउन कार्य समाजका लागी निकै उपयोगी हुने बताए । उक्त प्रतियोगितालाई नगरपालिकाले पनि सहयोग गर्ने उनको भनाइ थियो । रोयल युबा क्लबको आयोजनामा हुने प्रतियोगितामा झन्डै ४२ वटा टिमको सहभागिता रहेको प्रतियोगिताका खेल संयोजक दिपेन्द्र अबस्थीले बताए । उनका अनुसार प्रतियोगितामा सुदुरपश्चिमका कैलाली कंचनपुर सहित अन्य पहाडी जिल्लाका खेलाडीहरुको सहभागीता रहेको छ ।
प्रतियोगितामा खुल्ला तर्फ प्रथम हुने टिमलाई नगद रु ५१ हजार प्रदान गरिने छ । त्यस्तै दोस्रो हुने टिमले नगद रु २५ हजार प्राप्त गर्नेछ । प्रतियोगितामा तेस्रो हुने टिमले नगद रु ११ हजार पाउने छ । त्यस्तै भेट्रान तर्फ प्रथम हुनेले नगद रु २१ हजार, दोस्रो हुनेले नगद रु ११ हजार र तेस्रो हुनेले नगद रु ५ हजार १ सय पाउने छन् । उक्त प्रतियोगिता अहिलेसम्म कै सुदूरपश्चिमको ठूलो धनराशिको प्रतियोगिता रहेको आयोजकको दाबी छ । खेलहरु गोदावरी २ मा रहेको नमस्ते फुडल्याण्डको खेल मैदानमा भईरहेका छन । आज देखि सुरु भएको उक्त खेलहरु यही कार्तिक १८ गते सम्म हुने आयोजकले जनाएको छ ।



