केपी ओली नेतृत्वको सरकारले गरेको संसद बिघटन सही : सुदुरपश्चिम इन्चार्ज भट्ट

अत्तरिया, १५ कार्तिक- नेकपा एमालेका सुदुरपश्चिम इन्चार्ज लेखराज भट्टले केपी ओली नेतृत्वको सरकारले गरेको संसद बिघटन अहिले आएर सही भएको बताएका छन्। उनले गोदावरी नगरकमिटीको प्रथम अधिबेशनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। तत्कालिन सरकारले जनादेशका लागि जनतामा जाने निर्णय गरेको कुरो अहिले सत्य साबित भएको समेत उनले बताए।

Dadeldhura hospital

पूर्वम्नत्री समेत रहेका भट्टले केपी ओली राष्ट्रबादी नेता भएकाले आफुले ओलीको पक्ष लिएको प्रष्ट पारे। उनले अहिलेको एमाले पुरानो नभएर नयाँ भएको बताए। ‘एमाले जेठ २ को पनि जेठ ३ को पनि हो,’ भट्टले भने,अहिले एमालेमा कोही पूर्व एमाले पनि छैनन कोही पूर्वमाओबादी पनि छैनन। एमाले नीति बिचारको हिसाबमा नयाँ हो प्राबिधिक रुपमा नाम एमाले होला।’

Navadurga sun
Godawari sandesh

नेता भट्टले माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डलाई दम्भी, अंहकारी नेता भएको आरोप लगाए। भट्टले ओली सरकारले राम्रो काम गरेको देख्न नसकेपछि माधव नेपाल र प्रचण्डबीच गठबन्धन भएको आरोप समेत लगाएका छन् ।

Loading...