सुदूरपश्चिम प्रदेशको नेतृत्व ठूलो दलको हैसियतले एकीकृत समाजवादीले पाउनुपर्छ : प्रदेश इन्चार्ज शाह

कैलाली, १५ कार्तिक- नेकपा (एकिकृत समाजबादी) पार्टीकी सुदूरपश्चिम प्रदेश इन्चार्ज गरिमा शाहले ठूलो दलको हैसियतले प्रदेश सरकारको नेतृत्व आफुले पाउनु पर्ने बताएकी छन् ।

पार्टीको प्रदेश कमिटिको पहिलो बैठकका निर्णय सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएकी हुन् । ‘प्रदेशमा सबैभन्दा ठूलो दलको हैसियतले सरकारको नेतृत्व हाम्रै पार्टीले गनुपर्छ । यसबारे अध्यक्ष माधव कुमार नेपालसँग कुरा भएको छ । हामीले लिखित माग पनि गरेका छौ’ उनले भनिन् । गठबन्धन सरकारलाई एकीकृत समाजवादीको साथ रहेपनि बहुमतको आधारमा प्रदेशको नेतृत्व परिवर्तन हुनुपर्ने माग पार्टीले अघि सारेको उनले बताइन् ।

Navadurga sun

पाँच दलिय गठबन्धनमा सहभागि दलले नेतृत्व पाएका प्रदेशमा माघ देखि नेतृत्व हेरफेर हुने बताउँदै उनले त्यसो भएमा सुदूरपश्चिमको नेतृत्व एकीकृत समाजवादीले गर्ने दावी गरिन् ।

‘माघ फागुन देखी सवै प्रदेशमा सरकारको नेतृत्व फेरबदल हुने छ,’ प्रदेश इन्चार्ज शाहले भनिन्,‘ यो गठबन्धन दल विच भएको सहमतिनै हो, त्यस अनुसार ठुलो दलको हैसियतले सुदूरपश्चिमको नेतृत्व एकीकृत समाजवादीले नै गर्ने छ ।’
पहिलो बैठकले पार्टीले कात्तिक २० गते जिल्लाभित्र कमिटी गठन, पुनःगठन एवम् विस्तार, पार्टीको संगठित सदस्यता प्राप्त गरेको पुरानै मितिलाई कायम गरेर मंसिर २० गतेसम्म सदस्य नवीकरण गरिसक्नुपर्ने, पुष मसान्तसम्म एक वडा एक सय संगठित सदस्य र एक हजार पार्टी सदस्य बनाएर अभियानकै रुपमा सञ्चालन गर्ने, मंसिर ३ गते प्रदेशस्तरीय कार्यकर्ता भेलाको आयोजना धनगढीमा गरिने लगायतका कार्यक्रम समेते सार्वजनिक गरेको छ ।

त्यस्तै समाजवादीले प्रदेश कमिटीका पदाधिकारीहरुको कार्य विभाजन समेत गरेको छ । संगठन विभाग प्रमुखमा शेरबहादुर कुँवर, पार्टी स्कुल विभाग प्रमुखमा हर्कबहादुर सिंह, प्रदेश कार्यालय व्यवस्थापन प्रमुखमा दिनेशचन्द्र सुवेदी, कोष तथा आर्थिक व्यवस्थापन विभागप्रमुखमा दीर्घ सोडारी, प्रचार तथा प्रकाशन विभाग प्रमुखमा तारालामा तामाङ तथा महिला फाँट प्रमुखमा माया भट्टलाई चयन गरिएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...