बझाङका पहिरो पीडितका लागि हमालद्वारा ५१ हजार हस्तान्तरण

धनगढी, १५ कार्तिक– सुदूरपश्चिमका अभियन्ता गोपाल हमालले बझाङका पहिरो पीडित परिवारका लागि सहयोग रकम हस्तान्तरण गरेक छन्। पहिरो पीडितका लागि सहयोग अभियान थालेको सुर्मादेवी समाज धनगढीलाई अभियन्ता हमालले सहयोग रकम हस्तान्तरण गरेका हुन्।

समाजका अध्यक्ष दिलबहादुर खातीले अभियन्ता हमालबाट नगद ५१ हजार सहयोग प्राप्त भएको जानकारी दिए। असोज ३१ गतेदेखि तीन दिनसम्म भएको बेमौसमी वर्षाले सुदूरपश्चिममा सबैभन्दा बढी मानविय क्षति बझाङमा भएको थियो।

Navadurga sun

बेमौसमी वर्षापछिको पहिरोले जिल्लामा १२ जनाको मृत्यु भएको छ भने १९ जना अझै बेपत्ता छन्। ‘बाढीपहिरोले सुदूरपश्चिममा ठुलो क्षेती पुगेको छ,’ समाजका अध्यक्ष खातीले भने, ‘सुरुमा बझाङ र त्यसपछि प्रदेशभरी नै पीडितलाई सहयोग गर्न हामीले अभियान समेत चलाएका छौं।’

ADD Khali jpg
ADD Khali jpg
Loading...