धनगढी जेसीजको आयोजनामा साइकिलिङ सम्पन्न

Dadeldhura hospital

धनगढी, १५ कार्तिक– कैलालीको धनगढीमा जेसीज सप्ताह जारी रहेको छ । सप्ताह अन्तर्गत आज साइकिलिङ सम्पन्न भएको छ । धनगढीको ट्राफिक चौराहदेखि सुरु भएको साइकिलिङ फिस रिसोर्ट, शिवपुरी धाम, कैलाली बहुमुखी क्याम्पस हुँदै पुनः ट्राफिक चौराहमा पुगेर समापन भएको कार्यक्रमका संयोजक दीपक बमले जानकारी दिए ।

धनगढी जेसीजले एक साता विभिन्न कार्यक्रमका गर्दै जेसीज सप्ताह मनाउँदै आएको छ । धनगढी जेसीज र जुनियर जेसीजले कार्यक्रम आयोजना गरेका हुन् ।

Loading...