कर्णाली नदीको किनारमा एक पुरुषको शव फेला

धनगढी, १५ कार्तिक– कैलालीमा एक पुरुषको शव फेला परेको छ । जिल्लाको लम्कीचुहा नगरपालिका–३ ढुंगे बगरस्थित कर्णाली नदीको किनारमा पहिचान नखुलेका एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Ganyapdhura gau
Dadhaldhura pur

ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले शव पानीबाट निकाली लाशजाँच समेतको कार्य पुरा गरी शवको पोष्टमार्टमका लागी टिकापुर अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

Navadurga sun

हाल सम्म शवको पहिचान खुल्न नआएको हुँदा फोटोहरुको आधारमा शवको पहिचान गर्न हुन प्रहरीले अनुरोध गरेको छ ।अन्दाजी ५०/५५ वर्षका देखिने, मोटो शरीर, उचाई अन्दाजी ५ फिट ५ ईन्च भएका पुरुषको शव आइतबार राति बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...