एमाले गोदावरी नगरपालिका ४ को अध्यक्षमा : रोकामगर

अत्तरिया, १४ कार्तिक– नेकपा (एमाले) गोदावरी नगपालिका वडा नम्बर ४ को अधिवेशन आइतबार सम्पन्न भएको छ । वडा अधिवेशनबाट युवा नेता रविन्द्र रोकामगरको अध्यक्षतामा ३१ सदस्यीय कमिटी सर्वसम्मत निर्वाचित भएको छ । कमिटीको उपाध्यक्षमा पुष्पराज सुवेदी, सचिवमा डम्बर बहादुर बोहरा चयन भएका छन् ।

Dadeldhura hospital

यसैगरी अधिवेशनले उपसचिवमा दिपेन्द्र विष्ट र शान्ति चौधरीलाई चयन गरेको छ । शुक्रबार प्रदेशभरी आयोजना भएको वडा अधिवेशनहरुमा धेरै ठाउँहरुमा नेतृत्व सर्वसम्मत चयन भएका थिए । गोदावरी नगरपालिका–४ मा वडा अध्यक्षको नेतृत्वका लागि आकांक्षी धेरै भएपछि लम्बिएको थियो । निर्वाचन मण्डलका जिल्ला कमिटी सदस्य पुष्पराज भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा (एमाले) का केन्द्रिय सदस्य लिला भण्डारी प्रमुख अतिथि थिए ।

Navadurga sun
Godawari sandesh

यस्तै गरी विवशिष्ट अतिथिमा निवर्तमान सामाजिक विकास मन्त्री एवम् प्रदेश सांसद कृष्णराज सुवेदी थिए । यसैगरि जिल्ला कमिटी सदस्य गणेश साउँद, अनेरास्वीयु स्थायी कमिटी सदस्य एवम् कैलाली जिल्ला ईञ्चार्ज भिष्मराज सुवेदी लगायतको सहभागिता थियो ।

Loading...