मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

धनगढी, १४ कार्तिक– कैलालीकाे धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिकाको वडा नं. ३ का १८ वर्षीय पुष्प गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

गिरी आफैले चलाएको म२प ७६३० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका गिरीको धनगढीस्थित निसर्ग अस्पतालमा शनिबार राति मृत्यु भएको हो।

Navadurga sun

मोटरसाइकलमा सवार सोही ठाउँका १८ वर्षीय पशुपती बोहरा र १६ वर्षीय समीप सिंहको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। तीन जना सवार उक्त मोटरसाइकल अनियन्त्रित भई ३ नम्बर वडा कार्यालय नजिकै दुर्घटना भएको बताइएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...