शुक्रबार थप ६ जनामा काेराेना संक्रमण पुष्टि




अत्तरिया, १२ कार्तिक- सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा शुक्रबार गरिएको कोरोना परिक्षणमा थप ६ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५५ जनामा कोरोना परिक्षण गरिएकोमा ६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै ४९ जनाको रिपोर्ट निगेटिभ आएको छ ।



अस्पतालले आज जारी गरेको सुचनामा उल्लेख भए अनुसार हाल अस्पतालमा १२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ५ जनाको आइसियुमा उपचार भईरहेको छ भने १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले जनाएकोे छ । आज अस्पतालमा २ जना नयाँ बिरामी भर्ना भएका छन्।






