गोदावरी नगरपालिकाको महिला फुटबल टिमले पहिलो खेलमै ६ गोल गर्दै बिजयी सुरुवात

अत्तरिया, १० कार्तिक- काठमाण्डौमा भैरहेको राष्ट्रिय लिगमा कैलालीको गोदावरी नगरपालिकाको महिला टिमले बिजयी सुरुवात गरेको छ। अखिल नेपाल फुटबल संघको आयोजनामा भैरहेको उप मेयर कप राष्ट्रिय महिला लिग फुलबल प्रतियोगितामा गोदावरी नगरपालिकामा रहेको एक मात्र महिला फुटबल टिमले पहिलो खेलमै ६ गोल गर्दै बिजयी सुरुवात गरेको हो ।

कैलालीको गोदावरी नगरपालिका र पोखराको पोखरा नगरपालिका बिच आज भएको खेलमा ६ – ० गोलका साथ गोदावरी नगरपालिका बिजयी भएको हो ।

Navadurga sun

गोदावरी नगरपालिका तर्फवाट शर्मिला थापाले ब्यक्तित ३ गोल, बिमला चौधरीले २ गोल र हेम चौधरीले १ गोल गरेको अत्तरिया फुटबल एकेडेमीका अध्यक्ष एवम् महिला टिमका कोच संजय ओझाले जानकारी दिए ।

निकै मेहेनतका साथ खेलाडीहरुले पहिलो खेलमा राम्रो सुरुवात गरेको उनले बताए । अब गोदावरी नगरपालिकाको अर्को खेल १४ गते हुनेछ। १४ गते गोदावरी नगरपालिका र सुर्खेतको बिरेन्द्रनगर नगरपालिकासंग हुनेछ ।

राष्ट्रिय महिला लिग खेल्न जाने खेलाडीहरुको टिमलाई गोदावरी नगरपालिकाको आर्थिक सहयोग गरेको छ । पहिलो खेलमा ६ गोलले बिजयी भएपछि गोदावरी नगरपालिकाकी उप प्रमुख रत्ना कडायत सहित नगरबासीहरुले सामाजिक संजालहरुमा बधाई दिन थालेका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...