गृहमन्त्री गुरुङ र मृतक गणेश यादवका परिवारबिच ८ बुँदे सहमति

सिराहा- सुनसरीको घटनालाई लिएर सिराहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवका परिवार र गृहमन्त्री सुदन गुरुङबिच ८ बुँदे सहमति भएको छ। परिवारले अघि सारेका पाँच बुँदे मागमा सरकारका तर्फबाट थप तीन बुँदा समावेश गर्दै आठ बुँदे सहमति गरिएको गृहमन्त्री गुरुङले परिवारसँगको भेटघाटपछि सञ्चारकर्मीसँग बताएका हुन्।

गृहमन्त्रीका अनुसार सहमतिअनुसार घटनाको सत्यतथ्य छानबिन गरिने, गणेशलाई राज्यका तर्फबाट सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाइने, परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइने, मृतकका दाइ र बहिनीलाई निःशुल्क स्वास्थ्य सेवा तथा निःशुल्क शिक्षा प्रदान गरिने, गणेशको नाममा पार्क निर्माण गरिने, उनका बुबाआमालाई समेत निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिने र शव बुझेर भोलि नै दाहसंस्कार गरिने सहमति भएको छ। दाहसंस्कारका लागि आवश्यक खर्चसमेत सरकारले उपलब्ध गराउने उनले बताए।

Navadurga sun

शवको अवस्थाबारे परिवारलाई जानकारी नभएको भन्ने प्रश्नमा गृहमन्त्री गुरुङले पोस्टमार्टमका लागि शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जानकारी दिए। अनुसन्धानमा सहजता होस् भन्ने उद्देश्यले त्यहाँ पठाइएको र भोलि हेलिकोप्टरमार्फत शव सिराहा ल्याएर परिवारलाई जिम्मा लगाइने उनले बताए।

घटनाको निष्पक्ष अनुसन्धान हुनेमा स्थानीय र परिवारजन कसरी विश्वस्त हुने भन्ने सञ्चारकर्मीको प्रश्नमा गृहमन्त्री गुरुङले आफूले नै स्वतन्त्र र निष्पक्ष छानबिन समिति गठन गरेको बताए।

उनले सुनसरी र सिरहाका घटनाको अनुसन्धानका लागि अनुभवी अनुसन्धानकर्ता र विज्ञहरूलाई समेटेर समिति बनाइएको उल्लेख गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गरी पीडित परिवार र जनतालाई निष्पक्ष अनुसन्धान भएको अनुभूति गराउने उद्देश्य रहेको बताए। उनले आफू स्वयं घटनाको अनुगमन गरिरहेको भन्दै दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याइने दाबी गरे।

यद्यपि, भदौ-२३ र २४ गते जेनजी आन्दोलनमा मृत्यु र घाइते भएका व्यक्तिहरूले अझै न्याय नपाएको विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नको भने गृहमन्त्रीले जवाफ नदिई त्यहाँबाट प्रस्थान गरेका थिए। 

ADD Khali jpg
ADD Khali jpg
Loading...