देवानगञ्ज गोलीकाण्ड: सरकार र पीडित परिवारबीच ६ बुँदे सहमति

सुनसरी- सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको गोलीकाण्डका सम्बन्धमा सरकार र पीडित परिवारबीच ६ बुँदे लिखित सहमति भएको छ।

शुक्रबार बिहान गृहमन्त्री सुधन गुरुङ र दुवै पीडित परिवारका प्रतिनिधिबीच हस्ताक्षर भएपछि मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताको शव परिवारले बुझ्ने भएका छन्।

Navadurga sun

सहमतिअनुसार नेपाल सरकारले दुवै मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने, प्रत्येक परिवारलाई जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराउने तथा प्रत्येक परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर प्रदान गर्नेछ। साथै, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गरिने, देवानगञ्ज–३ स्थित मदरसाको कानुनी हैसियतबारे छानबिन सुरु गरिने, छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गरिने तथा मृतकद्वयको सम्झनामा स्मृति पार्क निर्माण गरिने सहमति भएको छ।

बिहीबार रातभर चलेको छलफलपछि शुक्रबार बिहान करिब ५ बजे सहमति भएको हो। सहमतिसँगै पीडित परिवारले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् भने मृतकद्वयको अन्त्येष्टि आज दिउँसो २ बजे गरिने जनाइएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...