प्रहरीको हत्या अभियोग लागेका ९ जनालाई जन्मकैदको फैसला, यसरी भएको थियो प्रहरी द्वयको एक बर्ष अगाडि हत्या

अत्तरिया, १० कार्तिक- धनगढीमा प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी जवानको हत्या अभियोग लागेका ९ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । कैलालीका जिल्ला न्यायाधीश जयानन्द पनेरूको इजलासले ९ जनालाई मंगलबार जन्मकैदको फैसला सुनाएको हो ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १० का २३ वर्षीय पर्कु भनिने रोहित राना, अर्का रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, वर्ष २२ को रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना, वडा नम्बर ११ बस्ने २५ वर्षीय गोपाल भनिने रामगोपाल राना र अमर रानालाई जन्मकैदको फैसला सुनाइएको जिल्ला अदालतत कैलालीले जनाएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

अदालतले दिएको जानकारी अनुसार राजिव गुप्ताले भने सफाई पाएका छन् । गत वर्ष असोज ३० गते राति धनगढी उपमहानगरपालिका वडा नम्बर १२ स्थित प्रहरी चौकीका इन्चार्ज कञ्चनपुरका गोविन्द्र विक र सोही ठाउँमा कार्यरत अछामको जैगढ बान्नीगढीका प्रहरी जवान राम साउँदको तस्करले हत्या गरेका थिए ।

Dadeldhura hospital

यसरी गरिएको थियो प्रहरी द्वयको हत्या
धनगढी जुुगेडा प्रहरी चौकी बाट २०७७ कार्तिक ३० गते राति साढे ८ बजे खाना खाएर असई विक प्रहरी जवान साउदलाई मोटरसाइकलमा पछाडि बसालेर गस्तीमा निस्के। एउटा घरमा मोटरसाइकल राखेर उनीहरू धनगढी उपमहानगरपालिका वडा नम्बर १० बनकट्टी घाट पुगे ।

यो ठाउँ अस्थायी पोस्ट जुुगेडादेखि करिब ५ किलोमिटर दक्षिण पश्चिममा पर्छ । तस्करले सामान ओसार्ने बाटोनजिकै एउटा झ्याङमा असई र प्रहरी जवान बसिरहे । राति साडढ १० बजेतिर भारततर्फ लैजान गोरुगाडामा मटर राखेर तस्कर समूह आयो । असई र प्रहरी जवानले गोरुगाडालाई रोकेर समान नियन्त्रणमा लिन खोजे । प्रहरी जवान गोरुगाडाको एकातर्फ र असई अर्कोतर्फ उभिएका थिए । उनीहरु प्रहरीलाई पैसा दिएर सामन पास गर्ने खोजेका थिए ।

सामान छोड्न नमानेपछि प्रहरी जवान साउदलाई तस्करले टाउकोमा लट्ठीले हिर्काए । साउद त्यहाँबाट अलि पर भागे। त्यसपछि असई विकमाथि पनि प्रहार गरियो । असईको फरुवाले हिर्काएर पहिले हत्या गरेको प्रहरी बताएको थियो।

तस्कले साउदलाई नदीको बीच भागमा खाल्डो खनी गाडे । त्यसपछि त्यसको करिब ५० मिटर दक्षिणतिर नदीको बीच भागमा असई विकलाई खाल्डो खनेर गाडेको उनीहरूले बयान दिएका थिए ।

Loading...