सरकार–चिकित्सक सहमतिपछि आन्दोलन अन्त्य, देशभर स्वास्थ्य सेवा पूर्ण रूपमा सञ्चालन

धनगढी- नेपाल चिकित्सक संघले आफ्ना सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएसँगै बिहीबार देखि देशभरका सरकारी तथा निजी अस्पतालमा नियमित रूपमा सबै स्वास्थ्य सेवा सञ्चालनमा आएका छन्।

सरकार र आन्दोलनरत चिकित्सकबीच बुधबार साँझ पाँचबुँदे सहमति भएपछि आन्दोलन अन्त्य भएको हो। सहमतिपछि नेपाल चिकित्सक संघले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको घोषणा गरेको थियो।

Navadurga sun

आन्दोलनका कारण मंगलबार र बुधबार देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक ओपीडी, नियमित स्वास्थ्य परीक्षण, शल्यक्रिया लगायत अधिकांश सेवा प्रभावित भएका थिए। आन्दोलन फिर्ता भएसँगै ती सबै सेवा आजदेखि पूर्ण रूपमा सुचारु भएका छन्।

वीरगञ्जस्थित नारायणी अस्पताल मा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही तथा स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति सुनिश्चित गर्ने विषयमा सरकार र नेपाल चिकित्सक संघबीच सहमति भएपछि आन्दोलन औपचारिक रूपमा टुंगिएको हो।

ADD Khali jpg
ADD Khali jpg
Loading...