कृष्णपुरको पवित्र आधारभूत विद्यालयकाे २ वटा भवनको नगरप्रमुख हमालद्वारा उद्घाटन
कृष्णपुरको सृजना आधारभुत विद्यालय भवनको शिलान्यास





प्रकाश बहादुर बोहरा
अत्तरिया, १० कार्तिक- कञ्चनपुर कृष्णपुर नगरपालिका वडा नं.५ पवित्रवस्तीमा रहेको पवित्र आधारभूत विद्यालयको ३ कोठे दुई वटा भवनको बुधबार नगर प्रमुख कर्ण बहादुर हमालले एक कार्यक्रमका वचि उद्घाटन गरेका छन् ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोरे दमाईको सभापत्विमा आयोजित कार्यक्रमका प्रमुख अतिथि कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर हमाल रहेका थिए ।


कार्यक्रममा बोल्दै कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर हमालले ३३ वटा सामुदायिक विद्यालयहरुको शैक्षिक संस्थाहरुको शैक्षिक गुणस्तर कायम गर्न, बालबालिकाहरुलाई दक्ष जनशक्तिका रुपमा परिणर्त गर्न नगरपालिकाले शिक्षा क्षेत्रमा ठुलो लगानी गरेको बताए।
शैक्षिक वातावरण कायम गर्नका लागि आफ्नै आर्थिक र प्राविधिक सहयोग, प्रदेश सरकारको आर्थिक र प्राविधिक सहयोग, संघिय सरकारको आर्थिक र प्राविधिक सहयोग, विभिन्न संघसंस्थाहरुको आर्थिक र प्राविधिक सहयोगमा ३३ वटा विद्यालयका भवनहरुको निर्माण देखि लिएर पुस्तकालयको स्थापना गर्ने, प्रयोगशालाको निर्माण गर्ने, स्वच्छ खानेपानीको व्यवस्था गर्ने, स्वच्छ शौचालयको व्यवस्था गर्ने, खेलकुद मैदान निर्माण गर्ने, खेल सामग्रीहरु र शैक्षिक सामग्रीहरुलाई व्यवस्थापन गर्ने कार्यहरु अगाडी बढाइएको नगर प्रमुख हमालले बताए ।
‘गत आर्थिक बर्ष भित्र हामीले यी सबै कामहरु सम्पन्न गरेका छौ र केही बिद्यालयका भौतिक पूर्वाधार निर्माण गर्ने कार्यलाई यही आर्थिक बर्ष ०७८/७९ मा निर्माण प्रकृयालाई अगाडी बढाउँदैछौं ।’ उनले भने, ‘विषेश गरी बल्डि अन नेपालको प्राविधिक र आर्थिक सहयोगमा आर्थिक बर्ष ०७५/०७६ मा ४ वटा भवनहरु निर्माण प्रकृया सम्पन्न गरेका थियौं जसमा कृष्णपुर नगरपालिकाको प्राविधिक र आर्थिक ६ लाखका दरले सहयोग गरिएको थियो ।’
आर्थिक बर्ष ०७७/७८ मा कृष्णपुर नगरपालिकाको आर्थिक र प्राविधिक सहयोग बल्डि अन नेपालको आर्थिक र प्राविधिक सहयोगमा ३ वटा ३ कोठे भुकम्प प्रतिरोधी पक्की भवन र २ वटा कोठा भएको शौचालय निर्माण प्रकृया सम्पन्न गरिएको थियो जसमा कृष्णपुर नगरपालिकाको १० लाख आर्थिक सहयोग रहेको थियो ।
चालु आर्थिक बर्ष ०७८/७९ मा पनि बिल्ड अन नेपालसंग साझेदारी गरेर बाँकी रहेका केही भौतिक पूर्वाधारको अभाव भएका स्कुलहरुमा निर्माण कार्य अगाडी बढाउने समेत बताए । एक वडा एक नमुना विद्यालयको अवधारण कृष्णपुर नगरपालिकाले आफ्नो निती कार्यक्रम तथा बजेट मार्फत ल्याएको बताए ।
यसैगरी कार्यक्रममा बोल्दै बिल्ड अन नेपालकी निर्देशक निर्मला चौधरीले विद्यार्थिहरुलाई सहज रुपमा अध्यापन गर्ने वातावरण सृजना गर्न भौतिक पुर्वाधारको कमी भएका विद्यालयहरुमा भवन निर्माणको कार्य गर्दै आएको बताइन् ।

विद्यालयको भवन निर्माणका लागी निर्माण उपभोक्ता समिति गठन गरी उक्त गठन गरिएको समितिले विद्यालयको निर्माण कार्य अगाडी बढाउने बताइन । बिल्ड अन नेपालले सहयोग गर्ने भनेको भवन निर्माणका क्रममा आवश्यक पर्ने सिमेन्ट, छड, ईट्टा लगायतका सामग्रीहरु अथवा त्यस बाफत लाग्ने खर्च वेहोर्ने बताइन् ।
पवित्र आधारभुत विद्यालयमा निर्माण गरिएका दुई ओटै भवनहरुमा बिल्ड अन नेपालले प्रति भवन करिब २५ लाखका दरले लगानी लगाएको समेत बताइन् । उनले बिल्ड अन नेपालले निर्माण गर्ने भवनहरु विद्यार्थीहरुको सहजताका लागी फर्निचर सहितको बनाउने गरेको उनले बताइन् ।
कार्यक्रममा भवन निर्माणका लागी सहयोग पुर्याउने व्यक्तित्वहरुलाई सम्मानित समेत गरिएको थियो । त्यस्तै निर्माण भएको उक्त बिद्यालय भवन र शौचालय बालमैत्री तथा अपाङ्गमैत्री रहेको छ । उक्त कार्यक्रमको सञ्चालन विद्यालय व्यवस्थापन समितिका सदस्य चैतन्य प्रसाद जोशीले गरेका थिए ।

यसैबिच कृष्णपुर नगरपालिका वडा नं. ४ को बेलकुण्डी मुक्त कमैया बस्तीमा रहेको सृजना आधारभुत विद्यालयमा ३ कोठे पक्कि भवन २ कोठे पक्कि शौचालयको शिलान्यास गरिएको छ ।
विल्ड अन नेपाल तथा कृष्णपुर नगरपालिकाको प्राविधिक एवम् आर्थिक सहयोगमा निर्माण हुने उक्त भवनको बुधबार नगरप्रमुख कणर् बहादुर हमालले शिलान्यास गरेका हुन ।

त्यसैगरी कृष्णपुर नगरपालिका वडा नं.४ को बेलकुण्डी मुक्त कमैया बस्तीमा रहेको भवन शिलन्यास गरिएको छ । सृजना आधारभुत विद्यालयमा ३ कोठे पक्की भवन र २ कोठे पक्की भवन शौचालयको शिलन्यास नगर प्रमुख कणर् बहादुर हमालले गरेका हुन् ।
उक्त निर्माण प्रकृया निमित्त कृष्णपुर नगरपालिकाको आर्थिक र प्राविधिक सहयोग र बिल्डअन नेपालको आर्थिक र प्राविधिक सहयोगमा सम्पन्न गरिने भएको छ । उक्त भवनको निर्माण प्रकृया १०६ दिन भित्र सक्नु पर्ने नगर प्रमुख हमालले बताए । त्यसको लागत इस्टिमेट करिब ४० लाखको हाराहारीमा हुन आउँछ । त्यसको निमित्त कृष्णपुर नगरपालिकाले करिब ११ लाख रकम बिनियोजन गर्नुपर्ने हुन्छ । केही समुदाय स्तरबाट अपनत्वको निमित्त त्यसमा आफ्नो साझेदारी निमित्त श्रमदान गर्नुपर्ने बताए । निर्माण प्रकृया निर्माण उपभोक्ता समिति मार्फत हुने र बिल्डअन नेपालको आफ्नो एउटा विधि प्रकृया नियम समेत रहेको उनले बताए ।



