गौरीगंगाकी उपमेयर चौधरीको सिडियोलाई धम्की

धनगढी, ९ कार्तिक- कैलालीको गौरीगंगा नगरपालिकाकी उपमेयर अञ्चला चौधरीले प्रमुख जिल्ला अधिकारी (सिडिओ) को पनि टाउको फुटाउन तयार रहेको बताएकी छन्।

Dadeldhura hospital

नेकपा एमाले र नेकपा (एकीकृत समाजवादी) पार्टीबीच विवाद बढेपछि उपमेयर चौधरीले यस्तो धम्की दिएकी हुन्।​ प्रहरीसँग कुराकानी गर्दै उपमेयर चौधरीले भनिन्, ‘भोलिका दिनमा यहाँ केही घटना परिघटना भए भने त्यसको जिम्मेवार सिडिओ हुनुपर्छ। हामी सिडिओको पनि टाउको फुटाउन तयार छौं। सिडिओले सहमतिका लागि वातावरण जुटाउनुपर्छ यहाँ।’

Navadurga sun
Godawari sandesh

उक्त विषयमा बुझ्दा उपमेयर चौधरीले पार्टी कार्यालयबारे विवाद बढ्दै गएको र विवादले कुनै घटना निम्त्याए त्यसको जिम्मा सिडिओले लिनुपर्छ मात्र भनेको बताइन्। तर उपमेयर चौधरीले ‘हामी सिडिओको पनि टाउको फुटाउन तयार छौं’ भन्दै आक्रोश व्यक्त गरेको भिडिओ अहिले सार्वजनिक भएको छ। जिल्लाको गौरीगंगा नगरपालिकामा रहेको पार्टी कार्यालयबारे विवाद भएपछि सोमबारदेखि नै तनाव भइरहेको छ। नेकपा (एकीकृत समाजवादी) ले एमाले पार्टी कार्यालयमा तालाबन्दी गरेपछि त्यहाँ तनाव भएको प्रहरीले बताएको छ।

नेकपा एमाले कैलालीका उपाध्यक्ष रणबहादुर चन्दले एमाले पार्टी कार्यालयमा नेकपा एकीकृत समाजवादीका कार्यकर्ताले तालाबन्दी गरेपछि विवाद सिर्जना भएको बताए। एकीकृत समाजवादी गौरीगंगाका अध्यक्ष विष्णु आचार्यले भने छलफल गरी पार्टी कार्यालयबारे टुंगो लगाउन ताला लगाएको तर एमाले कार्यकर्ताले खोलेपछि सामान्य झडप भएको बताए। आज पनि बिहानैदेखि विवाद भइरहेको छ।

Loading...