अनसनरत डा. गोविन्द केसीलाई शिक्षा सचिवको भेट, मागबारे सरकार गम्भीर

धनगढी- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चूडामणि पौडेलले सेती प्रादेशिक अस्पतालको आईसीयूमा अनसनरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीलाई भेट गरी उनका मागबारे छलफल गरेका छन् । सचिव पौडेलले सरकार मागप्रति संवेदनशील रहेको बताउँदै सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक छलफल सुरु गरिने जानकारी दिएका छन् ।

डा. केसीले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसँग सम्बन्धित तीन बुँदे माग अघि सार्दै अनसन जारी राखेका छन् । उनका मागमा ३०० शय्याको शिक्षण अस्पताल तत्काल सञ्चालन, चालु शैक्षिक सत्रमै एमबीबीएससहित मेडिकल शिक्षाको पठनपाठन सुरु, तथा स्वार्थ बाझिने गरी गरिएको उपकुलपति र रजिस्ट्रारको नियुक्ति बदर गर्नुपर्ने विषय समावेश छन् ।

Navadurga sun

अस्पतालका अनुसार डा. केसीको स्वास्थ्य अवस्था चिकित्सकहरूको निरन्तर निगरानीमा रहेको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई धनगढीस्थित राधाकृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरिएको हो । चिकित्सा शिक्षा सुधार, सरकारी स्वास्थ्य संस्थाको सुदृढीकरण र सर्वसाधारणको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ डा. केसीले यसअघि पनि विभिन्न चरणमा आन्दोलन गर्दै आएका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...