डा. गोविन्द केसीको अभिव्यक्तिप्रति संघर्ष समितिको आपत्ति, विश्वविद्यालयबारे भ्रम हटाउन सरकारसँग माग

धनगढी- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना संघर्ष समितिले डा. गोविन्द केसीले विश्वविद्यालयबारे दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ।

समितिले सुदूरपश्चिमका नागरिकको तीन दशकभन्दा लामो संघर्षपछि गोदावरी नगरपालिका–५, कैलालीमा विश्वविद्यालय सञ्चालनको प्रक्रिया अन्तिम चरणमा पुगेको भन्दै यसलाई ऐतिहासिक उपलब्धि भएको जनाएको छ।

Navadurga sun

समितिले डा. केसीले पत्रकार सम्मेलन र सत्याग्रहका क्रममा दिएको अभिव्यक्तिले सुदूरपश्चिमेली जनताको भावना, त्याग र संघर्षको अवमूल्यन गरेको आरोप लगाएको छ। साथै, उपकुलपति र रजिष्ट्रार नियुक्ति चिकित्सा शिक्षा ऐन, २०७५ अनुसार भए–नभएको विषयमा सरकारले स्पष्ट जानकारी सार्वजनिक गर्नुपर्ने माग गरेको छ।

संघर्ष समितिले विश्वविद्यालय सञ्चालनबारे देखिएको अन्योल तत्काल हटाउन, सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न र जनतामा फैलिएको भ्रम अन्त्य गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...