कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ का १४ जना महिला च्याउ खोज्न जंगल गएका क्रममा सम्पर्कविहीन भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार उनीहरू आइतबार बिहान करिब ११ बजे शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मालुमेला पोष्ट हुँदै जंगल प्रवेश गरेका थिए।
सम्पर्कविहीन हुनेमा सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनिषा चौधरी, रिता चौधरी, सुनिता चौधरी, बिमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतिक्षा सुनार र सिवानी सुनार रहेका छन्। उनीहरू ९ जना र ५ जनाको दुई समूहमा विभाजन भएर च्याउ खोज्न गएका थिए।

प्रहरीका अनुसार सम्पर्कविहीन महिलाहरूको खोजी कार्य तीव्र रूपमा जारी रहेको छ। उनीहरूको अवस्थाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
