तेघरीमा दाेस्राे राजधानी वडा कप भलिबल प्रतियोगिता कार्तिक १३ गते देखी  हुँदै

अत्तरिया, ८ कार्तिक- कैलालीको गोदावरी नगरपालिका वडा नं. २ तेघरीमा दाेस्राे राजधानी वडा कप भलिबल प्रतियोगिता हुने भएको छ । नेपालीहरुको महान चार्ड शुभ दिपावलीको पावन अबसरमा राजधानी टोल सुधार समितिको आयोजनामा यही कार्तिक १३ गतेदेखी १७ गते सम्म तेस्रो वडा स्तरिय भलिबल प्रतियोगिता हुने भएको हो।

आयोजक राजधानी टोल सुधार समितिले आज पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताका बारेमा जानकारी गराएकाे छ । करिब २ लाख खर्च लाग्ने उक्त प्रतियोगिताको प्रथम हुने टिमले नगद रु ३० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने द्धितिय हुने टिमले १५ हजार नगद सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

गोदावरी नगरपालिका भित्र रहेको भलिबलका खेलाडीहरुलाई प्रथमिकता दिदै १२ वटै वडावाट एक वा एक भन्दा बढी टिमहरु पनि सहभागी गराउन पाइने राजधानी टोल सुधार समितिका अध्यक्ष सुधिर बलायरले जानकारी दिए ।

नकआउट चरणमा खेलाइने प्रतियोगितामा सहभागीता जनाउनका लागि यही कार्तिक १० गते भित्र दर्ता गराइसक्नुपर्ने अध्यक्षा बलायरले बताए । टिम दर्ता शुल्क रु २५ सय राखिएको छ । टिम दर्ता गर्दा ९ जना खेलाडीहरुको नाम पेश गर्नुपर्ने र जर्सी अनिवार्य गरिएको समेत बताए । खेलाडीको नागरिकता वा बसाईसराई दुई मध्ये एक पेश गर्दै वडाको पनि सिफारिस अनिवार्य गरिएको छ ।

गोदावरी नगरपालिकाका सम्पूर्ण वडाबासी खेलाडीले आफ्नो बाहेक अर्को वडावाट खेल्न नपाइने र यदी खेलेको पाइएमा टिम नै नकआउट हुने अध्यक्ष बलाएरले बताए । राजधानी टोल सुधार समितिको आफ्नै खेलम मैदानमा खेलाइने प्रतियोगितामा उत्कृष्ट ३ जना खेलाडीहरुलाई बिबिध पुरस्कारको पनि ब्यबस्था गरिएको छ ।

खेलाडीहरुलाई सामान्य चोटपटक लागेमा प्राथमिक उपचार मात्रै गरिने र कुनै विबाद आएमा अन्तिम निर्णय आयोजकको हुने प्रतियोगिताका संयोजक प्रकाश बोहराले बताए । प्रतियोगिताको तयारी भैरहेको उनले बताए । गत बर्ष सोही ठाउँमा दशैको अवसरमा प्रतियोगिता सम्पन्न भएको थियो ।

Loading...