
अत्तरिया- सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले अपाङ्गता भएका व्यक्तिलाई कानुनले व्यवस्था गरेको ५० प्रतिशत सार्वजनिक सवारी भाडा छुट नदिने तथा आरक्षित सिट उपलब्ध नगराउने सार्वजनिक सवारी साधनमाथि कडा कारबाही गरिने जनाएको छ।

कार्यालयका प्रमुख एसपी नवराज कार्कीले अपाङ्गता भएका व्यक्तिको अधिकारको सम्मान गर्दै कानुनअनुसार भाडा छुट र आरक्षित सिटको व्यवस्था अनिवार्य रूपमा कार्यान्वयन गर्न सबै सार्वजनिक यातायात व्यवसायीलाई आग्रह गरेका छन्। उनले नियम उल्लङ्घन गर्ने सवारी साधनमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिने चेतावनी दिएका छन्।

