श्रीपुर खानेपानी समितिका नवनिर्वाचित पदाधिकारीको सपथ ग्रहण तथा पदस्थापन

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–७ लालपुरस्थित श्रीपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिका नवनिर्वाचित पदाधिकारीहरूको सपथ ग्रहण तथा पदस्थापन गरिएको छ। संस्थाको छैटौँ साधारण सभाबाट निर्वाचित पदाधिकारीहरूलाई शुक्रबार आयोजित एक औपचारिक कार्यक्रममा सपथ ग्रहण गराई पदस्थापन गरिएको हो।

साधारण सभाबाट अध्यक्षमा डिल्लीराज भट्ट, उपाध्यक्षमा नन्दादेवी साउँद, सचिवमा कृष्ण लुहार, कोषाध्यक्षमा खुसिराम चौधरी तथा सहसचिवमा श्यामबहादुर साउँद निर्विरोध निर्वाचित भएका थिए। त्यसैगरी सदस्यहरूमा बिरेन्द्र बोगटी, नन्दा साउँद, बालाजी थापा र देवी कठायत पनि निर्विरोध निर्वाचित भएका थिए।

Navadurga sun

निर्वाचन समिति संयोजक अधिवक्ता शेरबहादुर बिष्टले नवनिर्वाचित पदाधिकारीहरूलाई सपथ ग्रहण गराएका थिए। कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष दीर्घबहादुर साउँदले नवनिर्वाचित अध्यक्ष डिल्लीराज भट्टलाई पदस्थापन गराउँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

ADD Khali jpg
ADD Khali jpg
Loading...