अत्तरिया उद्योग वाणिज्य संघको निर्वाचन : नैन सिंह कार्कीद्वारा प्यानल घोषणा

अत्तरिया- कैलालीको अत्तरिया उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार नैन सिंह कार्कीले आफ्नो प्यानल सार्वजनिक गरेका छन्।

बिहीबार अत्तरियामा आयोजित पत्रकार सम्मेलनमार्फत कार्कीले आफ्नो नेतृत्वमा निर्वाचनमा प्रतिस्पर्धा गर्ने उम्मेदवारहरूको टोली घोषणा गरेका हुन्। कार्कीको प्यानलमा वरिष्ठ उपाध्यक्षमा सूर्यप्रसाद गौतम, वाणिज्य उपाध्यक्षमा पूर्णप्रसाद चौलागाईं, वस्तुगत उपाध्यक्षमा लहानु चौधरी, महासचिवमा प्रकाश कुँवर, सचिवमा मनोज परियार तथा कोषाध्यक्षमा दीपकप्रकाश न्यौपाने उम्मेदवार रहेका छन्।

Navadurga sun

त्यस्तै सदस्य पदका लागि सूर्य खत्री, पदम बोहरा, डल्लु सिजापती र चन्द्रा रावत उम्मेदवार बनेका छन्।

यसअघि अध्यक्षका अन्य उम्मेदवार कमल कडायत र रमेश भट्टराईले पनि आ–आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गरिसकेका छन्।

अत्तरिया उद्योग वाणिज्य संघमा हाल १ हजार २४ जना सदस्य आबद्ध रहेका छन्। संघको साधारणसभा तथा नयाँ नेतृत्व चयनका लागि असार २७ र २८ गते कार्यक्रम तय गरिएको छ। निर्वाचनका लागि असार १५ गतेसम्म सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणको समयसीमा तोकिएको थियो।

ADD Khali jpg
ADD Khali jpg
Loading...