अत्तरिया उद्योग वाणिज्य संघको निर्वाचन: कमल कडायतले सार्वजनिक गरे आफ्नो प्यानल

अत्तरिया- कैलालीको अत्तरिया उद्योग वाणिज्य संघको नेतृत्व चयनका लागि यही असार २८ गते हुने निर्वाचनलाई लक्षित गर्दै अध्यक्षका आकांक्षी व्यवसायी कमल कडायतले आफ्नो उम्मेदवार प्यानल सार्वजनिक गरेका छन्।

बुधबार आफ्नो सचिवालयमा आयोजित पत्रकार सम्मेलनमार्फत कडायतले नेतृत्व गर्ने प्यानल घोषणा गरेका हुन्।

Navadurga sun

घोषित प्यानलअनुसार वरिष्ठ उपाध्यक्षमा धनादेवी चोखाल, वस्तुगत उपाध्यक्षमा बासुदेव पन्त, वाणिज्य उपाध्यक्षमा गणेश बोगटी, महासचिवमा गम्भीर साउँद, कोषाध्यक्षमा बालकृष्ण ओझा र सचिवमा धिरेन्द्र बोहराले उम्मेदवारी दिने भएका छन्।

त्यसैगरी सदस्य पदका लागि डिल्लिराज ओझा, शेखर पनेरु, चन्द्रसिंह धामी र घनश्याम जोशी उम्मेदवार रहेका छन्।

कडायतले केही दिनअघि अत्तरियाको धनगढी रोडस्थित आफ्नो निर्वाचन सचिवालय स्थापना गरेका थिए।

ADD Khali jpg
ADD Khali jpg
Loading...