गौरीफन्टा नाकामा सुरक्षा जाँच कडा, स्निफर डगसहित सघन निगरानी

धनगढी- भारतसँग सीमा जोडिएको कैलालीको गौरीफन्टा सीमा नाकामा सुरक्षा जाँच थप कडा पारिएको छ। सीमा क्षेत्रबाट हुने अवैध गतिविधि नियन्त्रण गर्दै शान्ति–सुरक्षा सुदृढ बनाउने उद्देश्यले नेपाल प्रहरीले तालिमप्राप्त स्निफर डगसहित सघन चेकजाँच अभियान सञ्चालन गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार नेपाल प्रवेश गर्ने तथा भारततर्फ जाने यात्रु, सवारीसाधन र सामानको सूक्ष्म रूपमा जाँच भइरहेको छ। लागूऔषध, विस्फोटक पदार्थ, अवैध सामान तथा अन्य शंकास्पद वस्तु पहिचान गर्न तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको उनले जानकारी दिए।

Navadurga sun

प्रहरीका अनुसार पछिल्लो समय सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएकाले यात्रुलाई आवश्यक परिचयपत्र साथमा राख्न तथा सुरक्षा जाँचमा पूर्ण सहयोग गर्न आग्रह गरिएको छ। सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सम्बन्धित निकायबीच समन्वय गरी निगरानीसमेत बढाइएको छ।

प्रहरीले सीमा नाकाबाट हुने कुनै पनि गैरकानुनी गतिविधि नियन्त्रणका लागि यस्ता सुरक्षा अभियानलाई निरन्तरता दिइने जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...