तनुज चौधरी मृत्यु प्रकरणमा फरार रहेका आरोपी पक्राउ

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका–१७ स्थित कालिका सामुदायिक वनमा १० वर्षीय तनुज चौधरीको हत्या प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

हत्या आरोपमा फरार रहेका गौरिगङ्गा नगरपालिका–६ निवासी २५ वर्षीय खगेन्द्र भनिने खेमराज कठायतलाई जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले पक्राउ गरेको हो।

Navadurga sun

प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका–२ स्थित भन्सार रोड क्षेत्रबाट प्रहरी नायब निरीक्षक (सइ) सुशील चन्दको नेतृत्वमा खटिएको टोलीले कठायतलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका कठायतलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक खगेन्द्र तिमिल्सिनाका अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...