गोदावरी–७ को श्रीपुर खानेपानी समितिको अध्यक्षमा भट्ट चयन

अत्तरिया- गोदावरी, कैलाली, असार २१ – गोदावरी नगरपालिका–७, लालपुरस्थित श्रीपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिको अध्यक्षमा डिल्लीराज भट्ट निर्विरोध निर्वाचित भएका छन्।

शनिबार सम्पन्न संस्थाको छैटौँ साधारण सभाले नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरेको थियो। सो तालिका अनुसार उम्मेदवारी दर्ताको निर्धारित अवधिभित्र अध्यक्ष पदमा भट्टको मात्र उम्मेदवारी परेपछि र उक्त उम्मेदवारीविरुद्ध कुनै दाबी–विरोध नआएपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।

Navadurga sun

प्रमुख निर्वाचन अधिकृत अधिवक्ता शेरबहादुर विष्टका अनुसार अध्यक्ष पदमात्र नभई कार्यसमितिका सबै ९ पदमा एकल उम्मेदवारी परेकाले सबै पदाधिकारी तथा सदस्य निर्विरोध निर्वाचित भएका छन्।

निर्विरोध निर्वाचित पदाधिकारीहरूमा उपाध्यक्षमा नन्दादेवी साउँद, सचिवमा कृष्ण लुहार, कोषाध्यक्षमा खुसिराम चौधरी र सहसचिवमा श्यामबहादुर साउँद रहेका छन्।

त्यसैगरी सदस्यहरूमा बिरेन्द्र बोगटी, नन्दा साउँद, बालाजी थापा र देबी कठायत निर्विरोध निर्वाचित भएका प्रमुख निर्वाचन अधिकृत विष्टले जानकारी दिएका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...