गोदावरी नगरपालिकाद्वारा निःशुल्क घाँसका बिरुवा तथा बेर्ना वितरण गरिँदै: ७ वटा केन्द्रबाट सेवा लिन सकिने

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाले नगर क्षेत्रका कृषकहरूका लागि निःशुल्क रूपमा वर्षे तथा बहुवर्षे घाँसका बिरुवा तथा बेर्ना वितरण गर्ने भएको छ । नगरपालिकाको पशु सेवा शाखाको आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत यो योजना अगाडि सारिएको हो ।

पशु सेवा शाखाले जारी गरेको सूचना अनुसार आगामी २०८३ साल असार १९ गते (शुक्रबार) देखि नगर क्षेत्र भित्रका विभिन्न ७ वटा पशुपन्छी उपचार केन्द्रहरू र अन्य तोकिएका स्थानहरूबाट यी बिरुवाहरू निःशुल्क रूपमा वितरण गरिनेछ ।

Navadurga sun

नगरपालिकाले कृषकहरूलाई व्यावसायिक पशुपालनमा सहयोग पुर्‍याउने उद्देश्यले विभिन्न उपयोगी प्रजातिका बिरुवाहरू उपलब्ध गराउने भएको छ, जसमा निम्नलिखित प्रजातिहरूमा अम्रिसो, सुपर नेपियर र रेड नेपियर, बडहर र टाँकी, बास राईजोम र किम्बु रहेका छन् ।

वितरण केन्द्रहरू र सम्पर्क विवरण

कृषकहरूको सहजताका लागि नगरपालिकाले विभिन्न क्षेत्रमा रहेका ७ वटा पशुपन्छी उपचार केन्द्रहरू मार्फत वितरणको व्यवस्था मिलाएको छ। कृषकहरूले आफूलाई पायक पर्ने निम्न केन्द्रहरूमा सम्पर्क गरी बिरुवा प्राप्त गर्न सक्नेछन्:

क्र.सं. पशुपन्छी उपचार केन्द्र सम्पर्क मोबाइल नम्बर
पशुपन्छी उपचार केन्द्र, अत्तरिया ९८४८८३०९५१
पशुपन्छी उपचार केन्द्र, गेटा ९८६५६४४६६१
पशुपन्छी उपचार केन्द्र, जमुनानगर ९८४८६७९३०२
पशुपन्छी उपचार केन्द्र, हाटखोली ९७४९९५९०२६
पशुपन्छी उपचार केन्द्र, सेहरी ९८६९४३००१८
पशुपन्छी उपचार केन्द्र, खमौरा ९८४८६१६६३१
पशुपन्छी उपचार केन्द्र, ओलानी ९७४२४१००२६

घाँसको बिरुवा वा बेर्ना लिनका लागि सम्बन्धित व्यक्तिको स्वयम् उपस्थिति हुनुपर्ने व्यवस्था गरिएको छ । यस योजनाबाट लाभ लिनका लागि अगुवा कृषक, फर्म संचालक, समूह वा समितिका पदाधिकारीहरू आफैं उपस्थित भई प्रक्रिया पुर्‍याउनुपर्ने पशु विकास अधिकृत एवं पशु सेवा शाखा प्रमुख राम बहादुर सार्कीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...