अत्तरिया- कैलालीको गोदावरी नगरपालिकामा निर्माणाधीन सेफ्टी ट्याङ्कीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।




प्रहरीका अनुसार गोदावरी नगरपालिका–४ बाँस्कोटास्थित निर्माणाधीन सेफ्टी ट्याङ्कीको खाल्टोमा डुबेर ५ वर्षीया शशिका मल्ल केसीको मृत्यु भएको हो ।


बाजुराको बुढीगंगा नगरपालिका–७ स्थायी घर भएकी शशिका हाल आफ्नी मामाघरमा बस्दै आएकी थिइन् । मंगलबार दिउँसो खेल्ने क्रममा उनी निर्माणाधीन सेफ्टी ट्याङ्कीको खाल्टोमा खसेर डुबेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




