काँग्रेस कैलालीको वडा अधिवेशन छटपछि

धनगढी, ६ कार्तिक- नेपाली काँग्रेस कैलालीको १४ औ महाधिवेशन अन्तर्गतका वडा अधिवेशन छटपर्वपछि मात्र हुने भएको छ । कार्तिक २४ गते छटपर्व परेको छ ।

Ganyapdhura gau
Dadhaldhura pur

शनिबार कैलाली काँगे्रस सभापती नर नारायण शाहको सभापतित्वमा भएको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले १ हजार ५ सय एक सदस्यीय जिल्ला अधिबेशन मुल ब्यवस्थापन समिति समेत गठन गरेको छ । सभापति शाहको अध्यक्षतामा समिति गठन गरिएको हो ।

Navadurga sun

मुल समितिलाई सहयोग गर्न ११ जना संयोजक रहने गरि विभिन्न समिति निर्माण गरिएको छ । जसमा आर्थिक ब्यवस्थापन समिती संयोजकमा शेर बहादुर देउवा, अधिबेशन प्रचार प्रसार समिती संयोजकमा नृपबहादुर सुनार, स्वयंसेवक समिति संयोजकमा कृष्ण पाण्डे, आवास ब्यवस्थापन समिति संयोजकमा केशब मिश्र, भोजन ब्यवस्थापन समिति संयोजकमा नारायण सत्याल, यातायात ब्यवस्थापन समिति संयोजकमा टेकराज जोशी, प्राथमिक उपचार समिति संयोजकमा उत्तम जोशी, मञ्च ब्यवस्थापन समिति संयोजकमा पुरन चौधरी, अतिथि सत्कार समिती संयोजकमा रेखा देवकोटा, सचिवालय ब्यवस्थापन समिती संयोजकमा कमला शर्मा र निर्वाचन ब्यवस्थापन समिति संयोजक नवराज रावल लाई तोकिएको छ । उक्त समितिमा सदस्यको चयन सयोजकले गर्ने छ भने मनोनयन भएको पत्र जिल्ला सभापतिले प्रदान गर्ने छन । अधिबेशनको स्थान धनगढीमा ओम प्यालेसमा गर्ने निर्णय गरिएको छ ।

यस्तै बैठकले असोज ३१ गते आएको अबिरल बर्षाका कारण कैलाली जिल्लाको मुख्य बाली धान र सहायक अन्यबालिमा पुगेको क्षतिको अवलोकन गर्न नेपाली काँग्रेसका केन्द्रीय पार्टी सभापती तथा प्रधानमन्त्री सम्मननिय शेर बहादुर देउवा र उनको अन्य टोलिका सदस्यका प्रती हार्दिक आभार व्यक्त गरेको छ । बर्षाले क्षतिको एकिन गरि चाडो भन्दा चाडो राहत उपलब्ध गराउन सरकार सँग माग गर्ने निर्णय गर्दै जिल्ला कार्य सम्पादन समितिको बैठक सम्पन्न भएको काँग्रेस युवा नेता नृपबहादुर सुनारले जानकारी दिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...