अर्ली इलेक्सन असम्भव : नेता पौडेल

धनगढी, ६ कार्तिक– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्ली इलेक्सन सम्भव नभएको बताएका छन्। उनले अहिले अर्ली इलेक्सनमा जाने कुरा विरोधाभाससमेत रहेको बताएका हुन्।

सुदूर पश्चिमको वाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि धनगढी पुुगेका वरिष्ठ नेता पौडेलले धनगढी विमानस्थलमा शनिवार आयोजित पत्रकार सम्मेलनमा भने, ‘हाम्रै पार्टी सभापतिको नेतृत्वमा अदालत गएर अदालतको आदेशमा संसद पुनःस्थापना भएर सरकार बनेको छ। अझ समय नपुुग्दै संसद विघटन गरी चुनावमा जान सम्भव छैन।’

Navadurga sun

नेता पौडेलले संसदको पूर्णकालका लागि आफूहरु लडेकाले अर्ली इलेक्सनको कुरा सम्भवै नभएको र यो संसदले ५ वर्षे कार्यकाल पूरा गर्ने स्पष्ट पारे। पछिल्लो समय अर्ली इलेक्सनको चर्चा चलिरहेको छ नि भन्ने पत्रकारको जिज्ञासामा नेता पौडेलले त्यो खालि हल्लामात्र भएको र सम्भव नभएको जवाफ दिए।

कांग्रेसको महाधिवेशन तोकिएकै समयमा हुने र आफू त्यसकै पक्षमा रहेकाले पार्टी सभापतिलाई सचेत गराइरहेको उनले बताए। ‘केही जिल्लाको क्रियाशील सदस्यता विवाद अझै टुंगिएको छैन। चाँडो टुंगाएर प्रक्रिया अगाडि बढाउनुपर्छ’, उनले भने भने।

डडेल्धुरामा जिल्ला सभापतिले नै बहिस्कार गरेको अवस्थामा एकलौटी हिसाबले वडा र पालिकाको अधिवेशन गराएको बताउँदै नेता पौडेलले त्यहाँ पुन अधिवेशन गराउनुपर्ने उल्लेख गरे। बाढी र पहिरोका कारण भएको धनजनको क्षति बुझ्न र पीडितलाई साथ दिन आफू सुदूर पश्चिम आएको नेता पौडेलको भनाइ छ। उनले आजै कैलाली कञ्चनपुरका बाढी पीडित क्षेत्रको निरीक्षण गर्ने कार्यतालिका रहेको छ।

शुक्रबारमात्र नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा सुदूर पश्चिमको दुईदिने भ्रमण सकेर काठमाडाैँ फर्केका थिए।

ADD Khali jpg
ADD Khali jpg
Loading...