विष्णु माझीको नयाँ गीत ‘झोर्ले हजुर’ सार्वजनिक

काठमाण्डौं- विष्णु माझी ले लामो समयपछि आफ्नै कम्पनीबाहिरको गीतमा स्वर दिएकी छन्। शनिबार सार्वजनिक भएको ‘झोर्ले हजुर’ बोलको गीतमार्फत उनी बाहिरी प्रोजेक्टमा पुनः सुनिएकी हुन्।

विगत केही वर्षदेखि उनले आफ्नै कम्पनी सपना म्युजिक इन्डस्ट्रिज मार्फत तीज र दशैं विशेष गीतहरू मात्र सार्वजनिक गर्दै आएकी थिइन्। यसअघि उनका नयाँ गीत सुन्न दर्शक–श्रोताले प्रायः तीजको प्रतीक्षा गर्नुपर्ने अवस्था थियो। तर यसपटक तीजअघि नै उनको नयाँ गीत सार्वजनिक भएको हो।

Navadurga sun

गीतमा विष्णु माझीसँगै बाबुकृष्ण परियार को स्वर रहेको छ। गीतका शब्द रमेश बिजी ले लेखेका हुन् भने संगीत बाबुकृष्ण स्वयंले तयार गरेका छन्।

मगर समुदायमा अभिवादनका रूपमा प्रयोग हुने ‘झोर्ले’ शब्दलाई प्रतीक बनाएर तयार गरिएको यस गीतले तीजका परम्परागत विरह र वेदनाभन्दा फरक भाव प्रस्तुत गरेको छ।

गीतको भिडियोमा बाबुकृष्ण परियारसँगै सुजैन सिंह खड्का को अभिनय देख्न सकिन्छ। भिडियोको कोरियोग्राफी तथा निर्देशन मौसम हिमाली ले गरेका छन् भने छायांकन बुद्ध थापा र सम्पादन अमृत चापागाईं ले गरेका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...