शेरबहादुर देउवाद्वारा महाकाली ६ लेन सडक (भाइरल रोड) कटानको निरिक्षण




कञ्चनपुर, ५ कार्तिक– सुदूरपश्चिमको बाढी पिडित क्षेत्रको अनुगमनको क्रममा रहेका प्रधानमन्त्री शेर बहादुर देउवाले शुक्रवार बिहान महाकाली तटिय क्षेत्रको निरिक्षण गरेका छन् ।


बिहान धनगढीबाट पुन कञ्चनपुर फर्किएका प्रधानमन्त्री देउवाले महाकाली ६ लेन सडक (भाइरल रोड) कटानको निरिक्षण गरेका हुन । विहीवार बेलुका दोधारा पुगेका देउवा धनगढी फर्किएका थिए ।



निरिक्षणको क्रममा भीमदत्तनगर पालिका वडा नम्बर १२ का अध्यक्ष कृष्ण देउवा र १३ का अध्यक्ष लाल बहादुर शाहीले प्रम देउवालाई तटिय क्षेत्रको समस्या र ६ लेन सडक कटानीबारे जानकारी गराएका थिए ।
द्धय अध्यक्षले ५० मिटरको ६ लेन सडक कटानी हुनुमा ठेकेदार कम्पनीको लापरवाही हो या डिजायन मै गडबढी भएको हो, त्यसको छानविन गर्नुपर्ने कुरा राखेका थिए । तर प्रधानमन्त्री देउवा त्यसबारे केही बोलनन् । उनले आफु काठमाडौ फर्केपछि राहत प्याकेजको ब्यवस्था गर्ने बताए ।
प्रधानमन्त्री देउवासंग अर्थ मन्त्री जर्नादन शर्मा, पर्यटन मन्त्री प्रेम आलेमगर, कांग्रेस केन्द्रिय सदस्य एनपी साउद र रमेश लेखक सहभागी थिए।



