सुनको मूल्यमा ऐतिहासिक उछाल, तोलामा २० हजार ५०० रुपैयाँ वृद्धि

काठमाडौं- नेपाली बजारमा आइतबार सुनको मूल्यमा एकैदिन ठूलो वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २० हजार ५०० रुपैयाँले बढेर तीन लाख ११ हजार १०० रुपैयाँ पुगेको छ।

यसअघि शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

Navadurga sun

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३०५ रुपैयाँले बढेको छ। आइतबार चाँदी प्रतितोला पाँच हजार ३४५ रुपैयाँमा खरिद–बिक्री भइरहेको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला पाँच हजार ४० रुपैयाँ रहेको थियो।

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यवृद्धिको प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरूले बताएका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...