एमसीसी नेपालकाे हितमा रहेकाले पारित हुन्छ : प्रधानमन्त्री देउवा 

धनगढी, ५ कार्तिक– प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालकाे हितमा रहेकाले पारित हुने बताए ।

बाढी प्रभावित क्षेत्र अवलोकनका लागि सुदूरपश्चिमा रहनु भएका प्रधानमन्त्रीले शुक्रबार बिहान भएको पत्रकार सम्मेलनमा एमसीसी पारित हुने दाबी गरेका छन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

प्रधानमन्त्री देउवाले यति वेला उद्धार र राहतको काम भइरहेको उल्लेख गर्दै सरकार अल्पकालीन र दीर्घकालीन राहतको योजना बनाएर अघि बढ्ने बताएका छन् ।

प्रधानमन्त्री देउवाले मुलुकमा अकल्पनीय विपद् आएको र त्यसले पुर्याएकाे क्षतिले आफू निकै दुखित भएको समेत बताएका छन् । उनले बाढी पहिरो पीडित परिवारका लागि सरकारले तत्काल थप राहत प्याकेज ल्याउने बताए ।

प्रधानमन्त्रीले शीघ्र निर्वाचन र प्रदेश सरकारका परिवर्तनबारे गठबन्धनले निर्णय गर्ने जानकारी दिएका छन् । प्रधानमन्त्री देउवाले आगामी वैशाख महिना भित्र सबै नेपालीहरूलाई कोरोना भाईरस विरुद्धको खोप दिन सक्ने गरी सरकारले काम गरिरहेको समेत बताए । नेपाली काग्रेसका सभापति समेत रहनु भएका प्रधानमन्त्री देउवाले पार्टीकाे अधिवेशन जारी रहेकाे र निर्धारित समयमै अधिवेशन हुने गरि निर्वाचन समितिले काम गरिरहेकाे बताए ।

सुदूरपश्चिमजस्तै देशभर बाढी पहिरो र डुबानको समस्या रहेको बताउँदै प्रधानमन्त्री देउवाले अन्य क्षेत्रको पनि भ्रमण गर्ने जानकारी दिएका छन्। उनले सरकारले जनतालाई राहतका कार्यक्रम ल्याउने समेत बताए । प्रधानमन्त्री देउवासँग अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले लगायत रहनु भएको छ ।

Loading...