कर्मचारीको तलब १०% वृद्धि, नयाँ स्केल २०८३ साउनदेखि लागू

राष्ट्रसेवक कर्मचारीहरूको तलब लामो समयदेखि पुनरावलोकन नभएको सन्दर्भमा सरकारले उपभोक्ता मूल्य सूचकाङ्कअनुसार बढ्दो महँगीलाई ध्यानमा राख्दै नयाँ तलब संरचना लागू गर्ने निर्णय गरेको छ।

हालको अवधिमा उपभोक्ता मूल्य सूचकाङ्क (CPI) आधारित मूल्यवृद्धि १७.३ प्रतिशत पुगेको देखिएको छ। यसलाई ध्यानमा राख्दै मर्यादित जीवनयापनका लागि पारिश्रमिक तथा सुविधाहरू पुनरावलोकन गर्नुपर्ने आवश्यकता महसुस गरिएको जनाइएको छ।

Navadurga sun

सरकारी निर्णयअनुसार कर्मचारीहरूको महँगी भत्ता निरन्तर कायम रहनेछ भने प्रारम्भिक (starting) तलब स्केलमा १० प्रतिशत वृद्धि गरिएको छ। साथै, कार्यसम्पादनमा आधारित पारिश्रमिक प्रणालीको सुरुवातस्वरूप नयाँ तलबमानको १० प्रतिशत मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ।

नयाँ तलब संरचना सम्वत् २०८३ साल साउन १ गतेदेखि लागू हुने जनाइएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...