कृषिलाई सम्मानजनक र लाभमुखी व्यवसाय बनाउन सरकार प्रतिबद्ध

सरकारले कृषि उत्पादन, प्रशोधन, वितरण तथा बजारीकरणको सम्पूर्ण प्रणालीमा सुधार गर्दै कृषिको उत्पादकत्व वृद्धि गर्ने नीति लिएको जनाएको छ।

कृषिलाई सम्मानजनक र लाभमुखी व्यवसायका रूपमा विकास गर्न २ करोड रुपैयाँसम्म प्रारम्भिक लगानी गर्ने कृषि तथा पशुजन्य उत्पादनका कृषकलाई ४० प्रतिशतसम्म प्रोत्साहन अनुदान उपलब्ध गराउने पाइलट कार्यक्रम ल्याइने भएको छ।

Navadurga sun

साथै कृषि तथा पशु बिमामा ८० प्रतिशतसम्म प्रिमियम अनुदान उपलब्ध गराउँदै अन्य अनुदानलाई क्रमशः घटाउने र अनुदानको दुरुपयोग नियन्त्रण गर्ने सरकारको योजना रहेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...