अत्तरियामा पहिलो पटक नि:शुल्क अभिनय तालीम आजबाट सुरु 

अत्तरिया, ४ कार्तिक– कैलालीको अत्तरियामा पहिलो पटक १० दिने निःशुल्क अभिनय तालीम बिहीबारबाट सञ्चालन भएको छ । अत्तरियामा रहेको क्युरिक्स डान्स स्टुडियोको प्रस्तुती र जुम प्रोडक्सनको सहकार्यमा त्रिनयन खाेज अनेक नेपालले तालीमको आयोजना गरेको हो । उक्त तालीममा स्वागत मन्तव त्रियनका सचिव मनोज दाहालले गरेका थिए ।

युवायुवतीहरुलाई अभिनय सिकाई उनिहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालीमको आयोजना गरिएको आयोजक संस्था त्रिनयन खाेज अनेकका संस्थापक अध्यक्ष जय बहादुर धामीले बताए । उनले अत्तरिया क्षेत्रमा विभिन्न तालीमहरु सञ्चालन भएपनि अभियन सिकाउने तालीम सञ्चालन नभएकोले यो तालीम प्रभावकारी हुने बताएका छन् ।

Navadurga sun

अत्तरियामा अरु धेरै किसिमका तालीमहरु सञ्चालन भैसकेकाे भए पनि यस्ताे किसिमको तालीम चाँही पटक भएकोले यस्ताे किसिमको तालीमले हाल युवायुवतीहरुले सामाजिक सञ्जालहरुमा गर्दै आईरहेको अभिनय कलालाई थप गुणस्तरिय बनाउन मद्दत गर्नेमा आफु विश्वास्त  भएको त्रिनयनका संस्थापक अध्यक्ष धामीले बताए ।

उनका अनुसार संस्थाले युवायुवतीहरुको व्यक्तित्व विकाश गर्ने किसिमका हरेक तालीमहरु सञ्चालन गर्दै आईरहेको बताउदै उनले यो तालीमले पनि अहिलेका युवायुवती तथा बालबालीका भित्र रहेका प्रतिभाहरुलाई बाहीर उजागर गर्न सहयोग पुर्याउने बताए ।

उक्त तालीममा २५ जना सहभागि रहेकाे तालीमको प्रशिक्षकका रुपमा कान्तिपुर फिल्मस् एकेडेमीबाट अभिनयमा डिप्लोमा गरेका र मन्डला थ्रियटरमा प्रशिक्षण गरिरहेका प्रशिब बम रहेका छन ।

त्यस्तै १० दिने सम्म संचालन हुने तालीममा शुभकामना मन्तव प्रमोद अधिकारीले गरेका थिए भने कार्यक्रम सन्चालक हरिस बिक्रम खडायत गरेका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...