धनगढीमा १४५ ग्राम ब्राउन सुगर जस्तो पदार्थसहित युवक पक्राउ

धनगढी- धनगढीमा प्रहरीले १४५ ग्राम ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ।

लागू पदार्थ नियन्त्रण ब्युरो शाखा महेन्द्रनगर र वडा प्रहरी कार्यालय धनगढीको संयुक्त टोलीले विशेष सूचनाका आधारमा धनगढी–८ जुगेडा सडक खण्डबाट २७ वर्षीय निराजन ठकुल्लालाई नियन्त्रणमा लिएको हो।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी डीएसपी योगेन्द्र तिमल्सिनाका अनुसार बिहीबार दिउँसो करिब १२:४५ बजे शङ्काको आधारमा चेकजाँच गर्दा ठकुल्लाको साथबाट ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको हो।

प्रहरीले विशेष सूचनापछि निगरानी बढाएर उक्त क्षेत्रमा खटिएको र शङ्कास्पद गतिविधि देखिएपछि खानतलासी गरिएको जनाएको छ।

हाल कैलाली जिल्लामा लागू पदार्थको ओसारपसार तथा प्रयोगका घटना बढ्दै गएपछि प्रहरीले नियन्त्रण तथा निगरानी अभियानलाई थप कडाइका साथ अघि बढाइरहेको जनाएको छ।

Loading...