आज बकर इद पर्व मनाइँदै

काठमाडौँ- मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिद तथा इदगाहमा श्रद्धापूर्वक मनाइँदै छ।

Ganyapdhura gau

इदुल फित्र (रमजान) पर्वको करिब ७० दिनपछि मनाइने बकर इदमा मुस्लिम समुदायले बिहानै स्नान गरी नजिकको मस्जिद वा इदगाहमा पुगेर सामूहिक नमाज अदा गर्ने परम्परा छ। नमाजपछि एकआपसमा शुभकामना आदानप्रदान गरिन्छ।

Navadurga sun
Godawari sandesh

यस अवसरमा काठमाडौंको दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद तथा इदगाहमा श्रद्धालुहरूको उपस्थिति रहने गर्छ।

Dadeldhura hospital

धार्मिक मान्यताअनुसार, अल्लाहको आदेश पालना गर्दै हजरत इब्राहिमले आफ्ना छोरा इस्माइललाई बलिदान दिन तयार भएको घटनाको सम्झनामा यो पर्व मनाउने गरिन्छ।

मुस्लिम समुदायको विश्वासअनुसार अन्तिम समयमा अल्लाहले इस्माइलको सट्टा दुम्बाको कुर्बानी स्वीकार गर्नुभएको थियो। त्यसैको प्रतीकस्वरूप बकर इदमा ‘कुर्बानी’ दिने परम्परा कायम रहेको छ।

यस पर्वमा मुस्लिम धर्मावलम्बीले धार्मिक रूपमा स्वीकार गरिएका जनावरको कुर्बानी दिने गर्छन्। कुर्बानीको मासु तीन भागमा बाँड्ने प्रचलन छ—एक भाग गरिब तथा विपन्नलाई, अर्को आफन्त तथा इष्टमित्रलाई, र तेस्रो भाग परिवारका लागि राखिन्छ।

मुस्लिम धर्मावलम्बीले आजदेखि तीन दिनसम्म बकर इद मनाउने प्रचलन रहेको नेपाली जामे मस्जिदले जनाएको छ। परम्पराअनुसार तीनै दिन कुर्बानी दिन सकिने धार्मिक व्यवस्था छ। यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।

Couple
Loading...