गोदावरीमा बाल भेला तथा बाल सञ्जाल पुनर्गठन सम्पन्न

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाले “बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी” भन्ने नारासहित नगरस्तरीय बाल भेला तथा बाल सञ्जाल पुनर्गठन तथा बाल संवाद कार्यक्रम सम्पन्न गरेको छ।

आइतबार अत्तरियामा सम्पन्न कार्यक्रममा नगर बाल क्लबका अध्यक्ष दिलीप भट्टको सभापतित्व रहेको थियो। कार्यक्रम महिला तथा बालबालिका शाखा प्रमुख गोदावरी खत्री धामीको संयोजनमा सञ्चालन गरिएको हो।

Navadurga sun

कार्यक्रममा नगरभित्रका विद्यालय, समुदाय तथा वडा स्तरीय बाल सञ्जाललाई समेट्दै १२ वटा बाल क्लब सञ्जालका करिब ६० जना बालबालिकाको सहभागिता रहेको थियो। सहभागी बालबालिकाले लागूऔषधको दुरुपयोग नियन्त्रण, विद्यालय आसपास मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री गर्ने पसल हटाउनुपर्ने लगायतका महत्वपूर्ण सुझावहरू प्रस्तुत गरेका थिए।

त्यसैगरी नगरको करिब ४० प्रतिशत जनसंख्या बालबालिका रहेको उल्लेख गर्दै आगामी बजेट निर्माणको पूर्वसन्ध्यामा बाल हित, शिक्षा तथा खेलकुद क्षेत्रमा विशेष बजेट विनियोजन गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो।

कार्यक्रममा बाल अधिकार, लागूऔषध नियन्त्रण, बाल विवाह, बाल श्रम, बाल बेचबिखन, हिंसा तथा असहाय बालबालिकाको संरक्षण जस्ता विषयमा जानकारी दिइएको थियो।

समापन कार्यक्रममा नगर उपप्रमुख शारदा देवी रोकायाले बालबालिका भविष्यका कर्णधार भएको उल्लेख गर्दै उनीहरूको सर्वाङ्गीण विकासमा जोड दिनुपर्ने बताइन्। साथै नगर प्रवक्ता गोपालदत्त भट्टले बालबालिकाको क्षमता विकासका लागि व्यवहारिक शिक्षा र खेलकुदमा विशेष ध्यान दिनुपर्ने धारणा राखे।

ADD Khali jpg
ADD Khali jpg
Loading...