वडा स्तरीय खेलकुद प्रतियोगिता ज्वालादेवी युवा क्लबको आयोजनामा सुरु

लक्ष्मी भट्ट/अत्तरिया- श्री ज्वालादेवी युवा क्लब, गोदावरी नगरपालिका–४ बास्कोटा, कैलालीको आयोजनामा तथा वडा नं. ४ कार्यालयको प्रायोजनमा वडा स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । जेठ ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने यस प्रतियोगिताअन्तर्गत क्रिकेट र भलिबल खेलहरू ज्वालादेवी युवा क्लबको खेलमैदानमा आयोजना गरिएको छ ।

Ganyapdhura gau

“स्वास्थ्यका लागि खेलकुद, जगतका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ सुरु गरिएको कार्यक्रमको उद्घाटन समारोहमा क्लबका अध्यक्ष महेश्वर भट्ट सभापतित्वमा रहनु भएकाे थियो भने प्रमुख अतिथिका रूपमा वडा नं. ४ का वडा अध्यक्ष हेमप्रकाश मल्ल सहभागी थिए । त्यस्तै विशिष्ट अतिथिका रूपमा वडा सदस्य शेरबहादुर घर्तीको उपस्थिति रहेको थियो ।

Navadurga sun
Dadhaldhura pur

कार्यक्रम सञ्चालन क्लबका सदस्य रमेश मल्लले गरेका थिए भने स्वागत मन्तव्य क्लबकी सदस्य कुसुम मल्लले प्रस्तुत गरिन् ।

प्रतियोगितामा प्रथम पुरस्कार रु. २५ हजार र द्वितीय पुरस्कार रु. १५ हजार राखिएको छ । भलिबलमा ६ टिम र क्रिकेटमा ५ टिम सहभागी भएका छन् । प्रतियोगितामा वडा नं. ४ का टिमहरू मात्र सहभागी छन् ।

प्रमुख अतिथि हेमप्रकाश मल्लले वडा कार्यालयले खेलकुदलाई निरन्तर आर्थिक सहयोग गर्दै आएको उल्लेख गर्दै यस्ता प्रतियोगिताहरूले स्थानीय खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले आगामी वर्ष अझ राम्रो व्यवस्थापनका साथ प्रतियोगिता सञ्चालन गर्ने लक्ष्य रहेको पनि जानकारी दिए ।

कार्यक्रमको समापन गर्दै अध्यक्ष महेश्वर भट्टले खेलकुदले अनुशासित, स्वस्थ र सक्षम नागरिक निर्माणमा योगदान गर्ने र राष्ट्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत गर्ने भएकाले यस्ता कार्यक्रम निरन्तर सञ्चालन हुनुपर्ने बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...