रास्वपाको जनसम्पर्क विभागमा गोकर्ण भट्ट मनोनित

अत्तरिया- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय जनसम्पर्क विभागको सदस्य पदमा गोकर्ण भट्ट मनोनित हुनुभएको छ। पार्टीको केन्द्रीय कार्यालय चमती, वनस्थलीबाट महामन्त्री भुपेन्द्र शाहद्वारा जारी पत्रअनुसार उहाँलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो।

कैलालीको गोदावरी–०२ स्थायी ठेगाना भएका भट्टलाई पार्टीको विधान, नीति, सिद्धान्त तथा विभागीय नियमावलीअनुसार कार्य गर्ने जिम्मेवारी दिइएको छ।

Navadurga sun

मनोनयनपछि शुभेच्छुकहरूले भट्टको अनुभव र सक्रियताले पार्टी संगठनलाई अझ सशक्त र गतिशील बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...